
सर्लाहीको लालबन्दीमा बिहिबार प्रहरी र नेत्र विक्रम चन्द( विप्लव) नेतृत्वको नेकपा समर्थीत कार्यकर्ता विच गोली हानाहान हुदाँ उक जानको मृत्यु भएको छ । प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाको जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको हो । प्रहरीले चार जानको समुहमा आएका कार्यकर्ताले प्रहरी माथि गोली चलाएको र प्रहरीले जवाफी हमला गरेको बताएको छ । अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।