

पाल्पामा १३ बर्ष देखि हत्या गरी फरार एक अभियुक्तलाई प्हरीले पक्राउ गरेको छ । तान्सेन –१२ पोखराथोकका ३८ बर्षिय सुनित भन्ने टुकलाल भट्टराइलाई जिल्ला प्रहरी कार्यलय स्याङजाले पक्राउ गरेको हो । स्याङजा जबत्रदेवी –२ बस्ने २४ बर्षिय राजु न्यौपानेको हत्यामा संलग्न भएकोमा पुनरावेदन अदालतले भट्टराईलाई १९ बर्ष जेल सजय तोकेको थियो ।
फरार भट्टराईलाई प्रहरीले बुटवलवाट पक्राउ गरेको हो । २०६४ भदौ २ गते दुइ जना मिलेर न्यौपानेको हत्या गरेका हुन् । सुरुमा जिल्ला अदालतले भट्टराई निर्दोष ठहर गरे पनि पुनरावेदनले उनलाई सजाय तोकेको हो । त्यस पछि उनी भारतमै लुकेर बसेका थिए । नेपाल आएको मौकामा प्रहरीले पक्राउ गरेको हो ।