
भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपाल भारत सिमानामा नेपालीरुलाई कुनै पनि हालतमा दुख नदिन सुरक्षा अधीकारीहरुलाई निर्देशन दिएका छन् । योगीले चाडैनै आफूले सिमा क्षेत्रको अवलोकन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवत जावत गर्ने वातावरण बनाउने बताए ।
लखनाउमा नेपाली पत्रकारहरुसंग कुरा गर्दै उनले दुइ देश र नागरिक विचको सम्बन्धमा बिशेष जोड दिदै आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एबं नेपाली र भारतीय नागरिकविचको सम्बन्ध स्वार्थ निहित भइ परापूर्व कालदेखि नै दिगो रहेको उल्लेख गरे ।