Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

प्रचण्ड भन्छन्, ‘मन्त्रीमण्डल हेरफेर हुन सक्छ’,



नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारीत भए पछि मन्त्रीहरु हेरफेर हुन सक्ने वताएका छन् । बिहिबार कास्कीमा पत्रकारसंगको भेटघाटको क्रममा उनले भने, ‘बजेट पछि मन्त्रीहरु हेरफेर गर्नु पर्छ भन्ने कोणबाट प्रधानमन्त्रीसंग मेरो कुराकानी भएको छ । प्रधानमन्त्रीको चाहेको बेलामा जुनसुकै समयमा पनि मन्त्रीमण्डल हेरफेर हुन सक्छ । ’
उनले विप्लवलाई उल्टो बाटो हिडेर कहीँ नपुगीने भन्दै वार्तामा आउन आग्रह गरे ।उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफूले राखेको भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्