Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

दुर्घटनामा घाइते भट्टको निधन



बैतडी पूर्चाडी नगरपालीकाका नगरप्रवक्ता गौतम प्रसाद भट्टको दुर्घटनामा परी बिहिबार बिहान मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी कोहलपुर मेडीकल कलेजमा उपचार गराइरहेका भट्टको बिहान निधन भएको हो । वडा अध्यक्ष भट्ट कार्यलयवाट घर फर्कदै गर्दा चक्कीबगड भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
जिल्लामा उपचार हुन नसके पछि उनलाई कोहलपुर रिफर गरिएको हो । भट्टको निधनको शोकमा नगरपालीकाले शोक व्यक्त गर्दै एकदिन नगरपालीकाका सम्पूर्ण काम स्थगन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्