Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

सिक्टा सिँचाई आयोजना सरकारले आफैले बनाउने



काठमाण्डौं । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना सरकारले आफैले बनाउने भएको छ । भत्किएको आयोजनाको मुल नहर सरकारले मर्मत गर्न लागेको हो । यसअघि मुल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेमा निक्कै विवाद भएको थियो ।

सिँचाई मन्त्रालयका अधिकारीले भने परीक्षणका क्रममा भत्किएकाले मर्मत पनि ठेकेदारले नै गर्नुपर्ने जिकिर गर्दै आएको थियो । समयमा नै परीक्षण नगरिएकाले मर्मतको जिम्मा आफनो नभएको ठेकेदारको दाबी गरेको थियो ।

जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडीले सिक्टामा राज्यको ठूलो लगानी भइसकेकाले भत्केको मूल नहरमा थप क्षति नहोस् भनेर मन्त्रिपरिषद्ले मर्मतका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको बताइन्। ‘मन्त्रिपरिषद् बैठकले रकम दिने निर्णय गरेकाले वर्षाअघि नै नहर मर्मत हुन्छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्