
नेपाल कम्युष्टि पार्टी(नेकपा)का सांसद लाल बहादुर थापाले भौतीक पूर्वाधर तथा यातायात मन्त्री रघुवीर महासेठको राजिनामा माग गरेका छन् । बजेटमा विभेद गरेको भन्दै सांसद थापाले महासेठको राजिनामा माग गरेका हुन् । उनले महासेठले आफ्नो गृह जिल्लामा मात्र ध्यान दिएको तर पहाडी जिल्लालाई ध्यान नदिएको आरोप लगाए ।
मन्त्री महासेठले आफ्नो जिल्लामा रणनैतिक योजना मात्र ७९ वाट राखेको तथा पक्की पुलका ५९ योजना राखेको बताउदै आक्रोस पोखे । उनले पूर्वाग्रही मन्त्रीलाई पदमुक्त गर्दै अनुशाषनको कार्वाहीको माग गरे ।