
स्थानीय तहमा पदपूर्ती सम्बन्धमा लोकसेवा अयोगको विज्ञापन विवादलाई सर्बोच्च अदालतले बुधबार पनि टुंगो लगाउन सकेन । न्यायाधीश हरिकृष्ण कार्की र इश्वर प्रसाद खतीवडाको संयुक्त इजलासले विज्ञापन सम्बन्धी सबै रिट निवेदनका फाइल एक साथ पेश गर्न आदेश दिएको हो । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा अयोगले निकालेको विज्ञापन समाबेशी सिद्धान्त विपरित भएको भन्दै अधिवक्ता विकास ठाकुरले सो विज्ञापन समाबेशी सिद्धान्त विपरित रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । त्यस पछि अन्य थुप्रै रिट दायर भएका छन् ।
लोकसेवा बाहेक अन्यले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट परेको छ ।