Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ठगी



सांकेतीक तस्बिर

सिंगापुरको क्रुजमा काम लागइदिने भन्दै करोडौ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट गणेशस्थानका प्रविण पौडेललाई महनगरीय अपराध महाशाखाको टोलीले मंगलबार मकवानपुरबाट पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पौडेलले ‘द एपेरिङक फर्म ’ ट्रेनिङ सेन्टर खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्दै आइरहेका छन् । उनले सिंगापुरको सोलास कम्पनीको पानी जहाजमा काम गलाइदिने भन्दै विभिन्न व्यक्तिलाई लखनउमा लगेर तालीम पनि दिने गरेका थिए ।
पौडेलले काम गनए लागने लागत ५ लाख र तलब ६५० डलर हुने प्रलोभन देखाएर ३ सय जना भन्दा बढीबाट ६ करोड ठगी गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्