Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

सुनकाण्ड अभियुक्तको निवेदनमा आदेश गर्ने न्यायाधीशमाथि कार्वाही सिफारिस



साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्धामा आदेश गर्ने न्यायाधीशमाथि कार्वाही सिफारिस गरिएको छ । सो मुद्धामा न्यायीक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितीले बुझएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन  पाचँ न्यायाधीशमाथि कार्वाही सिफारिस गरिएको हो । छानबिन प्रतिदेन माथि छलफलका लागि मंगलबार बैठक बसेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र समसेर राणाको निर्देशन बमोजीम बैठब बसेको थियो । सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा संलंग्न उच्च अदालत विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेल,न्यायाधीशहरु नागेन्द्र लाल कर्ण,सारंगा सुबेदी थिर बहादुरक कार्की,उमेश राज पौैडेल, उमेश कुमार सिंह,जनक पाण्डे र साधुराम सापकोटालाई परिषद्मा तानीएको थियो । यी मध्य न्यायाधीश पौडेल र कर्ण अबकास भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्