
भक्तपुर अस्पतालका विकास समिती अन्तरगतका २४ जना कर्मचारीको माग सुनुवाइ नभएको भन्दै अस्पतालको बहिरंग सेवा बन्द गरिएको हो । सेवा बन्द हुदाँ उपचारका लागि अस्पताल आएका सैयौ विरामी समस्यामा परेका छन् । कर्मचारीले कल्याणककारी कोषको १० प्रतिसत, महंगी भत्ता , लुगा भत्ता लगायत माग राखेका छन् ।
उनीहरुले आफ्नो मागसंगै अस्पतालको अन्य विभिन्न सेवाहरु विस्तार हुनु पर्ने माग पनि राखेका छन् । उनीहरुले वायेस्पी सेवा यथासिघ्र सञ्चालन हुनु पर्ने,स्वस्थ्य बिमाको औषधी समयमै उपलब्ध गराउनु पर्ने,भिटामिन डी परिक्षण सेवा सुरु गर्नु पर्ने,पिटिए र एनपिएल सेवा सुरु हुनुपर्ने, मुटु रोग सम्बन्धी जाचँ हुनु पर्ने, इन्डोस्कोपी, युएसजी र इकोको लागि थप सेवाको विस्तार हुनु पर्ने माग पनि राखेका छन् ।