Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

‘ मेरो चाहना खेलाडीको छात्तीमा अन्तराष्ट्रिय पदक हो ’ दान बहादुर तामाङ




दान बहादुर तामाङ, नेपाल भलबिल संघका पूर्व अध्यक्ष, उनी अहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको दौडमा पनि रहेका छन् । उनै तामाङसंग समसामयीक नेपाली खेलकुदको समसामयीक गतिविधिमा केन्द्रित रहेर गरिएको कुराकानीको सार संक्षेप ।

सदस्य सचिवको कार्यकाल सकिदैछ । नयाँ सदस्य सचिवको रेसमा तपाई पनि रहेको सुनियो नी ?
यो मेरो मात्र कुरा भएन । पार्टीको आवश्यकता के हो ? भन्ने हो । पार्टीले मलाई आवश्यक ठान्यो भने ठिक हो । होइन, म भन्दा अन्य साथीहरुलाई योग्य ठानियो भने पनि ठिकै छ । हामीले पार्टीको निर्णय मान्नै पर्छ ।

सदस्य सचिव  हुने प्रसंगमा पार्टीको खेल सँग सम्बन्धीत जनबर्गिय संगठनसँग कुरा भएको छ ?
अहँ छैन । पार्टी अध्यक्ष प्रचण्ड र खेलकुद विभाग हेर्नु भएका टोप बहादुर रायमाझीसँग कुरा भएको हो । २०७० सालमा म निर्वाचन लडेकै क्षेत्रमा यस पटक पार्टी अध्यक्ष निर्वाचन लड्नु भएको हो । यस क्रममा उहाँले संसदीय निर्वाचनमा यो क्षेत्रको उम्मेदवार हुन नपाए पनि केही छैन । कतै व्यवस्थापन गरौला भन्नु भएको थियो ।

म पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यही तयार हुन बसेको थिए । टोप बहादुर रायमाझीले सम्पर्क गर्नु भयो । उहाँले नै पहिला भलिबल संघको नेतृत्वमा रहदा पनि राम्रो काम गरेको भनेर सदस्य सचिवको जिम्मेवारी बहन गर्नु उपयुक्त भएको बताउनु भयो । प्रचण्डसँग पनि यही ढंगले कुरा भएको हो । मेरो हकमा भन्ने हो भने पार्टीले दिएको जिम्मेवारी स्वीकार्न नै तयार हुने हो । नेतृत्व पाए म खेलकुद क्षेत्रलाई न्याय गर्न कुनै कुनै पनि कठोर काम गर्न तयार हुन्छु ।

तपाइको विशेषज्ञता त श्रम क्षेत्रमा बढी होइन र ?
दुवै उस्तै हो । पहिलो तिन पटक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षको रुपमा काम गरे । भलिबल संघको नेतृत्व पनि गरे । दुवै क्षेत्र बारे उत्तिकै जानकार हुँ । जहाँसम्म खेलकुदको कुरा छ, भलबिल संघको अध्यक्ष हुदाँ पनि सुस्त अवस्थामा रहेको खेललाई उकास्ने काम गरेको हुँ । त्यसको प्रभाव अझै छ । त्यसले एक खाले आत्मबिश्वास पनि बढाएको छ की म खेलकुदमा राम्रो गर्न सक्छु भन्ने ।

तपाईका योजना होलान् नी, अब के गर्ने भन्ने ?
अहिले खेलकुद अव्यवस्थित र भद्रगोल छ । कसैले कसैलाई केही भन्ने अबस्था नै छैन । यो भद्रगोल अवस्थामा पनि यसलाई व्यवस्थित गर्न सकिन्छ र नेतृत्वले चाहे व्यवस्थित हुन्छ भन्ने हो । मेरो मुख्य ध्यान नतिजा मा नै हुने छ । अन्यत्र हुने छैन । पहिला हामीले देखेका छौ, एसियाड जस्तो ठूलो प्रतियोगितका लागि एक साता, दूई साता प्रशिक्षण गराइयो र नतिजाको आशा गरियो । त्यसै राम्रो नतिजा त आउने कुरा भएन नी । अब एसियाड आउन तीन बर्ष बाकीँ छ । एसियाडका लागि अहिले देखिनै प्रशिक्षण सुरु गर्नै प¥यो । हामीले देखेका छौ । हामी जस्तै शारिरिक बनावट भएकाले पनि नियमित प्रशिक्षण गरेर राम्रो नतिजा ल्याएका छन् ।
प्रशिक्षक, खेलाडी सबै जनाको अबस्था भद्गोल छ । अब प्रशिक्षक र खेलाडीका लागि एउटा सिमित समयका लागि सिमित लक्ष्य दिनु प¥यो । पुरा गरे पारिश्रमिक दूई गुणाले बढ्न पनि सक्छ । अन्यथा अर्कोलाई जिम्मेवारी दिनुपर्छ । एउटा खेलाडी लामो समय खेल्छ, प्रगती गर्दैन भने विकल्प खोज्ने कि न खोज्ने ? मतलब के हो भने हरेक समयका लागि निश्चित लक्ष्य राख्दै मिहेनत गर्ने वातावरण बनाइन्छ । सबै त्यही योजनासहित लाग्ने हो भने सब ठिक हुन्छ ।

यत्ति विग्रीएको खेलकुद चाडोँ सजिलै सप्रीन्छ र ?
नेतृत्व आर्फै अनुशासित हुनु प¥यो । अनी कठोरताका साथ एउटा आचारसंहिता बनाएर सबै त्यही अनुसार चले भने सम्भब छ । म त्यो गर्न तयार छु । किनकी म सदस्य सचिवको एउटा तस्बिर झुण्डियोस भन्ने मेरो चाहना होइन । मेरो चाहना खेलाडीको छातीमा अन्तराष्ट्रिय पदक झुण्डियोस भन्ने हो ।

नेपालमा खेलकुदको बजेट कम भएको या वितरण प्रणाली नमिलेको ?
मैले अस्ति साग खेलको बजेट थाहा पाएँ । त्यो अत्यन्त धेरै बजेट हो । यो भन्दा कम बजेटमै एकदमै व्यवस्थितसँग आयोजना गर्न सकिन्छ । तर भ्रष्टाचार गर्नु भएन । खेलकुदमा बजेट कम होइन, सही सदुपयोग नभएको हो । खेलकुदको अनियमिता खतरा हो । म अवसर पाए भने त्यो खराब प्रवृत्तिको अन्त्य गर्छु । त्यो मेरो विगत वर्तमानको पृष्ठभुमिले पनि स्पष्ट पार्छ ।

प्रतिक्रिया दिनुहोस्