Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

गैरकानुनी आप्रबासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अर्को साता देखि लाखौ गैर कानुनी आप्रबासीलाई देश निकाला गरिने वताएका छन् । मंगलबार बिहान ट्वीट गर्दै ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधीकारीहरुले अर्को साता देखि आप्रबासी हटाउन थाल्ने बताएका हुन् । ‘ जतीसक्दो चाडो उनीहरुलाई हटाइने छ ,’ ट्रम्पले लेखेका छन् । साथै उनले गैरगानुनी आप्रबासी रोक्न छिमेकी देश मेक्सीकोले गरेको कडाइको पनि तारिफ गरेका छन् ।
आप्रबासी रोक्न विशेष सुरक्षाकर्मी सिमामा पठाउने मेक्सीकोको प्रतिबद्धता पछि ट्रम्पले मेक्सिकन सामान माथि लगाउने भनको कर तत्कालका लागि स्थगीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्