Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

गुठी विधेयकबारे मन्त्रीपरिषदमा छलफल हुने




गुठी विधेयकमा भएको विवादका बारे मन्त्रीपरिषदमा गम्भीर छलफल हुने भएको छ । सोमबार काठमाडौंका जनप्रतिनिधीहरुसंग छलफल गरे पछि प्रधानमन्त्री ओलीले यस विषयमा मन्त्रीमण्डलमा छलफल हुने बताएका हुन् । छलफलमा उपश्थित जनप्रतिनिधीले गुठी विधेयक फिर्ता लिन माग गरेका थिए ।
छलफलमा भक्तपुरका सांसद महेश बस्नेत, काठमाडौंका जिवनराम श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ तथा ललीतपुरका कृष्णलाल मर्हजन र पम्फा भुषाल सहभागि थिए । यसैगरी नेकपाका सचिवालय सदस्य माधब कुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, नेकपाका महासचिव विष्णु पौडेल र भुमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्