
कर्णाली सरकारले छोरी जन्मीए खाता खोली एक हजार रुपैया जम्मा गरिदिने भएको छ । साथै, प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बेजट मार्फत छोरीको शिक्षाका लागि २० बर्ष नभएसम्म प्रति महिनासम्म ५ सय रुपैया जम्मा गरिदिने भएको छ । महिला स्वास्थ्य स्वंयसेविकाको प्रोत्साहनका लागि बार्षिक १० हजार रुपैया उपलब्ध गराउने बजेट बक्तव्यमा उल्लेख छ ।
स्वास्थ्य सस्थामा आइ बच्चा जन्माउने आमालाई पोषणवापत दुइ हजार रुपैया उपलब्ध गराइने भएको छ । त्यसैगरी, राउटे,बादी लगायत लोपोन्मुख तथा अल्पसंख्यक सिमान्तकृत बर्ग र समुदायको संरक्षणका लागि आयमुलक कार्यक्रमको व्यवस्था गरिने पनि जनाइएको छ ।