
सुदुर पश्चिमको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना शिक्षक एकै पटक विदा बसेका छन् । उपचारका क्रममा डाक्टरको लापर्वाहीले सुत्केरीको मृत्यु भएको आरोप लागे पछि सुरक्षा ग्यारेन्टी नभएको भन्दै ति डाक्टर आइतबार देखि विदा बसेका हुन् । विदा बस्नेमा ललील सुरी, उत्तम भट्ट,पदम नेपाली,अमृत अधीकारी, सुबास लामीछाने,विकास दवाडी,विभव बस्याल,नरेस श्रेष्ठ,सृजना अधीकारी,सिर्जना मर्हजन र डबल बुढा छन् । उनीहरुले विज्ञप्ती मार्फत मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कणेँललाइ आफु विदा बसेको जानकारी दिएका हुन् ।
अमरगढी नगरपालीका–६ की २५ बर्षिया गीता ताम्रकारको शनीबार क्रममा मृत्यु भएको हो । दुइ साता अघि शल्यक्रिया बाट बच्चा जन्मीए पछि उनको रक्तश्राव रोकिएको थिएन । त्यस पछि उनी फेरी अस्पताल भर्ना भएकी हुन् । पिडित पक्षले बाहीरका डाक्टरले परिक्षण गर्नु पर्ने माग राखे पछि बैतडीका डाक्टरबाट पोस्टमार्डम भएको छ ।