Logo
Logo

ओम समाज डेन्टल हस्पिटलद्धारा निशुल्क दन्त परिक्षण



काठमाण्डौं । ओम समाज डेन्टल हस्पिटलले निशुल्क दन्त परिक्षण गरेको छ । हस्पिटलले विराज समाजका सदस्यको निशुल्क दन्त परीक्षण गरेको हो । आईतवार ओम समाज डेन्टल हस्पिटल चावहिल र विराज समाजबिच दन्त रोगको उपचार गर्नका लागि सहकार्य गर्ने निर्णय भएको हो ।


ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा सुभाष घिमिरेको अध्यक्षतामा बसेको बैठकले विराज समाजका सदस्यलाई निशुल्क दन्त परीक्षण तथा उपचारमा २० देखि २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको थियो । विराज समाजले आयोजन गर्ने सामाजिक कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलले निशुल्क दन्त शिविर समेत आयोजन गरेको घिमिरेले जानकारी दिए ।
बैठकमा बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा निकै खुसी लागेको बताए ।

अध्यक्ष दाहालले आगामी दिन ओम समाज डेन्टल हस्पिटल जस्तो गरिमामय संस्थासँग सहकार्य गर्ने अवसरबाट विराज समाजका सदस्यहरुको दन्त रोगको उपचारमा सहज हुने विचार समेत राख्नु भयो ।

बैठकमा विराज बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष दिनेशकुमार मगर, ओम समाज डेन्टल हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मी , विराज समाज सल्लाका प्रा मुकुन्दराज दाहाल, विनोद दाहाल, सचिव राजेन्द्र दाहाल, कोषाध्यक्ष नरबहादुर कटलवाल, कार्य समिति सदस्य लेखनाथ दाहाल, भक्तबहादुर मगर, विवेक दाहाल र तिलक बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको