
नेपाल आयल निगमले डिजल, मट्टितेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले दिएको जानकारी अनुसार प्रतिरुपैया दुइ रुपैया घटाइएको हो । कायम गरिएको मुल्यमा पेट्रोलको १ सय ८ रुपैया, डिजल र मट्टितेलको ९६.५० रुपैया भएको छ । हवाइ इन्धन र एलपी ग्यासको मुल्य भने यथावत रहेको छ । नयाँ मुल्य गए राती देखि नै लागु भएको हो ।