
धरानमा एक साता देखि देखिएको डुेगु नियन्त्रणमा नआए पछि निजी विद्यालय पाचँ दिन बन्द हुने भएको छ । निजी विद्यालयहरुको संगठन प्याब्सन एनप्याब्सन र एसीसी धरानको संयुक्त बैठकले सो निर्णय गरेको हो । ३१ बैशाख देखि देखिएको डेंगुको संक्रमण अहिले धरानमा धेरैलाई देखिइसकिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६३१ तथा विजयपुर हस्पीटल धरानमा ८१ गरी ७ सय १२ जनामा डेंगु पोजेटिभ भेटीएको छ । डेंगु नियन्त्रणमा नआए पछि अहिले प्रहरी सहित जनपरिचालन भइरहेको छ । अत्याधीक गर्मी र डेंगु र गर्मीकै कारण यो निर्णय गरिएको हो ।