
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले मुख थुन्ने कानुन बनाउन लागेको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै थापाले सुचना प्रबिधी र मिडिया काउन्सील विधेयक मार्फत सरकारले सबै नागरिकको मुख थुन्ने कानुन बनाउन लागेको आरोप लगाए ।
‘सुचना प्रबिधी र मिडिया काउन्सील विधेयक एक ठाँउमा राखेर हे¥यो भने सरकारको आशय के हो भन्ने बुझीन्छ,’ थापाले भने, ‘तेरो स्वतन्त्रताको घेरा मैले कार्ने हो । मलाई चिनेको छस् । म सरकार हुँ । भने जस्तो नियत सरकारको देखिएको छ । ’