Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

पाचँ नम्बर प्रदेशको बजेट ३५ अर्ब हाराहारी



प्रदेश पाँच सरकारले आगामी आर्थिक बर्ष ०७६÷०७७ का लागि आइतबार बजेट प्रश्तुत गर्दै छ । मख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सभामा ३५ अर्ब हाराहारीको बजेट प्रश्तुत गर्न लागेका हुन् । संघीय सरकारजाट प्राप्त हुने अनुदान तथा आन्तरिक श्रोतलाई समेत समेटेर यो वजेट ल्याउन लागीएको हो ।
यस बर्ष गत बर्षको भन्दा संघीय सरकारबाट आउने बजेटको मात्र १३ अर्व ८ करोड रहेको छ । सोही अंक र आन्तरिक श्रोतमा पनि करिब एक अर्ब बृद्धी हुने अपेक्षा सहित बजेट ल्याउन लागीएको हो । प्रदेश सरकारका लागि संघीय सरकारवाट वित्तिय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट पाएको छ ।
त्यसतै राजश्व बाडफाँडबाट ९ अर्ब, ९१ करोड ३३ लाख,सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख बजेट छ । बजेटमा मुख्यमन्त्री ग्रामिण विकास बजेटले प्राथमिकता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्