
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकका कमजोरी सच्चाउने स्पष्ट पारेका छन् । युरोप भ्रमणवाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक र ऐतिहासिक धरोहर र परम्पराप्रति सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
सरकारले जनताको मन दुखाउन नचाहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, जनतालाई सर्वोपरी मानेर जनताको चाहना अनुसार नै सरकारले काम गर्छ।
गुठीका गरिबमाथि भने शोषण भैरहेको प्रधानमन्त्री ओलीले दावी गरे । उनले प्रतिपक्ष दल कांग्रेसप्रति लक्षित गर्दै विरोधको मौका नछोप्न आग्रह पनि गरे ।
आफ्नो सरकार जनताको मन दुःखाउन नभई मन हसाउन बनेको उनको भनाइ थियो ।