Logo
Logo

प्रदेश नम्वर १ सरकारले ४२ अर्वको बजेट सार्वजनिक गर्दै, मूलघाटसम्म सुरुङ मार्ग



बिराटनगर । प्रदेश नम्वर १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष ०७६, ७७ का लागि आज प्रदेश नम्वर १ सरकारले ४२ अर्वको बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । गतवर्षको भन्दा करिब ७ अर्ब बढि हो ।

सरकारले बजेटमा बहुवर्षीय आयोजना प्राथमिकतामा राखेको छ । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पनि छुट्टै विकास योजना दिने गरी बजेट तय गरेको छ ।

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितलाई ३ करोडको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम दिने गरि बजेट बनेको छ ।

प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।

बजेटमा सुनसरीको धरानदेखि धनकुटाको मूलघाटसम्म सुरुङ मार्ग निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको अर्थ मन्त्रालय जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?