Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तीन जना पक्राउ



प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन त्रीभुवन विमानस्थल पुगेका नेपाल तरुण दल, काठमाडौंका सचिव दिनेश विक्रम शाह सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नौ दिन लामो युरोप भ्रमण सकेर काठमाडों फर्कीएका प्रधानमन्त्री ओलीलाइ कालो झण्डा देखाउन तरुण दलका केही युवाहरु विमानस्थल पुगेका थिए ।
प्रहरीले कालो झण्डा देखाउने तयारी भएको सुचना पाए पछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । गुठी विधेयकको विरोधमा कालो भण्डा देखाउन उनीहरु विमानस्थल पुगेको तरुणदलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्