
सरकारले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । यसैगरी, १९ नायव महानिरिक्षक( डिआइजी)को सरुवा गरिएको छ । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली,दुइमा प्रद्युम्न कार्की, तीनमा शेर बहादुर बस्नेत,गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे,पाचँ नम्बरमा सुरेश विक्रम शाह,कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुर पश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रमुखको जिम्मेवारी दिएको छ ।
यसैगरी, अख्तियारमा कमल जीटी, विशेष ब्युरोमा हरिबहादुर पाल,योजना अन्वेशण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालीम केन्द्रमा हरि भक्त प्रजापती र महिला वालविकास सेवा निर्देशनालयमा पिताम्बर अधीकारीलाई सरुवा गरिएको छ । यसैगरी, सरकारले सशस्त्रका १३ डिआइजीलाई पनि सरुवा गरिएको छ ।