Logo
Logo

भारत र पाकिस्तानविचको बहुप्रतिक्षित खेल आज



दुइ पारस्परिक प्रतिद्धन्दी भारत र पाकिस्तान विच आइसीसी एकदिवयसीय खेलको बहु प्रतिक्षित खेल आइतबार हुदै छ । त्यसो त बिश्वकपमा यो खेलले सबै कुराको निर्णय त गर्ने होइन । तरपनि, विश्वकपको प्रारम्भीक चरणका खेलहरु मध्य यस खेललाई नै विविध अर्थले महत्वपूर्ण मानीएको छ ।
भारत अहिले एकदमै राम्रो लयमा रहेको टोली हो भने पाकिस्तान भने अस्थिर टोली । पहिलो खेलमा न्युजिल्यान्डसंग पराजित पाकिस्तानले दोश्रो खेलमा इंग्ल्यान्डलाई हराउदै पुनरागमनको संकेत दिइसकेको छ । यस प्रसंगमा भारतीय कप्तान विराट कोहलीले आफ्नो धारणा प्रस्ट पारिसकेका छन् । उनले पाकिस्तानलाइ अन्य प्रतिद्धन्दी झै एक प्रतिद्धन्दीकै रुपमा हेरेको र त्यो भन्दा बढी ध्यान दिन जरुरी नभएको बताएका छन् ।
‘ हामीलाई अगाडी बढ्न हरेक खेल त्यत्तिकै महत्वपूर्ण छ । यसकारण यो खेल पनि हाम्रा लागि अरु खेल जस्तै हो, ’ कोहलीले भने । उनले पाकिस्तानी पेस बलर मोहम्मद अमिरको पछिल्लो लयका बारेमा पनि आफ्नो धारणा प्रस्ट पारेका छन् । उनले आफ्नो टोलीको क्षमता अनुसार नै खेल्नु पर्ने र विपक्षीको क्षमतामा ध्यान दिनु ठिक नभएको बताएका छन् । ‘ हाम्रो क्षमता कत्ति छ ? त्यो महत्वपूर्ण हो ,’ उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका