Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

१३औं इक्यान शैक्षिक मेला संकटमा



काठमाण्डौं । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखी लगातार हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर्दै आइरहेको छ । आउँदो अषाढ २६ देखी २९ गतेसम्म भृकुटीमण्डपमा हुने भनिएको इक्यानको १३ औं शैक्षिक मेला भने विभिन्न कारणले चरम संकटमा परेको छ ।

शैक्षिक परामर्श संघ नेपाल २२ वर्ष अगाडि स्थापना भएको थियो । यसबिच यस संघको नेतृत्वको जिम्मेवार भुमिकामा विभिन्न व्यक्तिहरु आए । हालसालै सृजित परिस्थितीका कारण यस प्रस्तावित शैक्षिक मेला संकटमा परेपछि यस संस्थाको वर्तमान नेतृत्व पनि संकटमा परेको छ । हरेक नेतृत्वको कार्यकाल सफल कि असफल भन्ने मापदण्डको रुपमा मेलाको सफलता र असफलतालाई पनि महत्वपुर्ण रुपमा लिने गरिन्छ ।

१० शिक्षा मन्त्रालय, शिक्षा विभाग, छात्रवृत्ति शाखा, केशरमहलले विदेशमा उच्च शिक्षा स्नातक एवं स्नातकोत्तरसँग नजोडिएका भाषा तथा अन्य शैक्षिक कार्यक्रमहरु अध्ययन गर्न जान अत्यावश्यक रुपमा चाहिने नो अब्जेक्सन लेटर नदिने सूचना जारि गरेपछि शैक्षिक परामर्श क्षेत्रमा नकारात्मक असर परेको छ । जसकारण १३औं इक्यान शैक्षिक मेलामा सहभागि हुने स्वदेशी शैक्षिक परामर्श संस्था एवं विदेशी शिक्षा प्रदायकहरुको संख्या न्युन हुने अनुमान लगाइएको छ ।

केही वर्षयता प्रायजसो यस्ता वैदेशिक अध्ययन प्रदर्शनीमा प्रत्यक्ष–अप्रत्यक्ष सहभागि हुने विदेशी शिक्षा प्रदायकको संस्था अधिक थियो । विशेष गरेर विभिन्न देशहरुमा डिप्लोमा तथा एड्भान्स डिप्लोमा तहका शैक्षिक कार्यक्रम संचालन गर्ने संस्थाको सहभागिता उल्लेखनिय हुने गर्थे । धेरै यस्ता संस्थाले वर्तमान परिस्थितीमा सहभागिताको औचित्य नै नभएको प्रतिक्रिया दिएका छन् ।

२० हालैमात्र वर्तमान नेतृत्वसंग विभिन्न गुनासो राख्दै यस संघका सदस्यहरुको ठूलो संख्या यस संघबाट बाहिरिएको छ । उक्त बाहिरिएको समुहले नेपाल शैक्षिक परामर्श संघ स्थापना गरेको छ । यसलाई पनि मेलामा सम्भावित सहभागिको संख्या न्युन हुने अर्को महत्वपुर्ण कारणका रुपमा लिइएको छ ।

३० जापानिज भाषा एवं अन्य शैक्षिक कार्यक्रमको प्रर्वद्धन गर्ने शैक्षिक परामर्श संस्थाको विगतका मेलामा महत्वपुर्ण उपस्थिती हुने गर्दथ्यो । शिक्षा मन्त्रालयको पछिल्लो सुचनाका कारण यस शैक्षिक मेलामा यि शैक्षिक परामर्श संस्थाको उपस्थिती लगभग शुन्य हुने अनुमान लगाइएको छ ।

४० नेपाली शैक्षिक परामर्श बजारमा अन्तराष्ट्रिय विद्यार्थी सम्बन्धि विभिन्न देशले समय–समयमा परिवर्तन गर्ने निती तथा नियमहरुले अत्यन्तै प्रभाव पार्दछ । बेलायत र अष्ट्रेलियाको नेपाली विद्यार्थीलाई प्रवेशाज्ञा दिने सम्बन्धमा सन् २००९ देखी कडाई भएपछि लगभग यो बजार सुनसान थियो । तैपनि जापान, अमेरिका, युरोप एवं अन्य देशका कारण बजार सक्रिय नै थियो । सन् २०१२ देखी पुनः अष्ट्रेलियाको प्रवेशाज्ञा निती खुकुलो हुँदैगयो । यो क्रम सन् २०१८ को डिसेम्बर महिनासम्म रहिरह्यो । जसकारण शैक्षिक परामर्श व्यवसायीको संख्या र यस्ता खाले शैक्षिक मेलाहरुमा उत्साहजनक रुपमा सहभागि हुने शैक्षिक परामर्श संस्थाको संख्या पनि बढ्यो ।

तर सन् २०१९ को जनवरी महिनादेखी अष्ट्रेलियाले फेरी नेपाली विद्यार्थीलाई प्रवेशाज्ञा दिन अत्यन्तै कडाई गरेको छ । बेलायत एवं अमेरिकाको निती पनि उस्तै छ । जापानको इमिग्रेसनबाट सर्टिफिकेट अफ एलिजिबिलिटी प्राप्त गर्ने विद्यार्थीको संख्यामा पनि विगत केही शैक्षिकसत्रदेखी निकै नै कम हुँदै आएको छ । यि विभिन्न कारणहरुले गर्दा मेलाको औचित्य र सहभागिको संख्यामा नैराश्य छाइसकेको विज्ञहरु बताउँछन् ।

५० प्रस्तावित मेलामा स्टलको मुल्य र संख्याका कारण पनि यस मेलाप्रति उदासिन रहेको पुर्वसहभागि बताउँछन् । विगतको तुलनामा स्टलको संख्या र मुल्य पनि अधिक हुँदा यो निराशा बढेको हो । उदाहरणका लागि विगतको मेलामा ५४ वर्ग मिटर स्पेसको मूल्य दुई लाख थियो भने यस मेलामा ३९ वर्ग मिटरको स्पेसकै मुल्य दुई लाख छ ।

यस मेलालाई संकटमा पु¥याउने सवालमा यस मेलाको जिम्मेवारी पाएको वल्र्ड बिजनेस म्यानेजमन्ट एन्ड कन्सल्ट्यान्ट प्रालि प्रति शैक्षिक परामर्श व्यवसायी एवं इक्यान सदस्य एवं मेलामा सहभागि हुने सम्भावित संस्थाको विश्वास कम हुनु अर्को प्रमुख कारण बनेको छ ।

यो विश्वास कम हुनुमा यस संस्थाका निर्देशक र ड्रिम डेस्टिनी एजुकेसन फाउन्डेसन प्रालिका निर्देशक एउटै व्यक्ति हुनु नै उक्त अविश्वासको महत्वपुर्ण कारण हो । एउटै प्रकृतिको व्यवसाय संचालन गर्ने व्यवसायीले नै यस मेलाको जिम्मेवारी पाएपछि भिजिटरहरुको डाटाको व्यवसायीक प्रयोगमाथि यो आशंका उब्जिएको हो ।

यस प्रतिकुल परिस्थितीका बाबजुद पनि शैक्षिक परामर्श संघ नेपाल र यस मेलाको जिम्मा पाएको संस्था वल्र्ड बिजनेस म्यानेजमन्ट एन्ड कन्सल्ट्यान्ट प्रालि मेला हुने र गर्ने कुरामा अडिग छ ।

प्रतिक्रिया दिनुहोस्