Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

निर्देशक शर्मा सडकमै, काठमाण्डौंका सडक टिलिक्क टल्किदै



काठमाण्डौं । धुलो र धुवाँको सास्ती खेपिरहेको काठमाण्डौं केहि महिनामा नै यो पीडाबाट मुक्त हुँदैछ । त्यसको संकेत अहिले काठमाण्डौंका मुख्य र भित्री सडकमा देख्न सकिन्छ ।

निर्वाचनमा काठमाण्डौंको धुलो र धुवाँ राजनीतिक दलको मुख्य एजेण्डा नै बन्यो । सवैको घोषणा पत्रमा यो मुद्धा पहिलो प्राथमिकता रहयो । तर, निर्वाचन भएको लामो समय वित्दा समेत सुधारको संकेत देखिएन । यता, जब केशवकुमार शर्मा सडक विभागको महानिर्देशक बनेर आए तब काठमाण्डौका सडक टिलिक्क टल्किदै छन् । वाहा काठमाण्डौंको सडक । आहा काठमाण्डौंको सडक, बन्दै गएको छ  ।

नेतृत्वमा जो कोही पनि पुग्न सक्छ तर व्यक्ति इच्छाशक्ति र खुवी भयो भने सकारात्मक संकेत देख्न धेरै समय कुरिरहनु पर्दैन । यस्तै हुँदैछ, अहिले काठमाण्डौंमा । शर्मा विहान बेलुका मात्र होइन, मध्यरातसम्म सडकमै देखिन्छन । कहिले उनी निमार्णधिन चावहिल जोरपाटीको  सडकमा होस या निमार्णको अन्तिम चरणमा रहेको कलंकी थानकोट सडकमा भेटिन्छन् । उनी आफनै नै खटिएर काम लगाइरहेका हुन्छन् ।

कामदार र ठेकेदारसँग सँगै हुन्छन, निर्देशक शर्मा । अफिस समय पछि उनी निर्माणधिन सडकको निरिक्षण गर्न पुगिहाल्छन् । सुप्रवल जनसेवाश्रीबाट सम्माननित शर्मा यो पदक कर्तव्यनिष्ट कर्मचारीले मात्र पाउँछन् । यस वर्ष शर्माले पाए । एउटा यस्ता पात्र, उनको नीतिमा जनताको काम अनि मात्र अन्य काम ।

आइवार राती जोरपाटीमा, मंगलवार राती कलंकीमा भेटिएका महानिर्देशक शर्मा शुक्रवार राती भने राजधानीको मुटु वालुवाटार क्षेत्रमा कालोपत्रे हुँदै गरेको सडकमै भेटिए । शर्मा भन्छन् , केही महिनामा हामी काठमाण्डौंलाई धुलो मुक्त बनाउँछौ । खाल्टाखुल्टी मुक्त सडक बनाउँछौ ।

सडक कालोपत्रे मात्र होइन, फुटपाथ, सडकमा जेब्रा क्रस बनाउनेदेखि रंग लगाउने कामले समेत तिव्रता पाएको छ ।

झारा टार्ने कालोपत्रे मात्र होइन लाइफ लाइन सडकको अवधारणा लागु गर्नै पर्ने पक्षमा उनी छन् । यसरी नै उनी अविचलित हुँदै कार्तव्यनिष्ट बने भने भोलीका दिन उनी प्रशंसाका पात्र पक्कै बन्छन् ।।

प्रतिक्रिया दिनुहोस्