Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

‘ नेपालमा माउन्टेन ओलम्पिक गर्न सकिन्छ ,’ पौडेल



मेघ राज पौडेल,नेपाल क्लाइइम्बिङ स्पोर्ट एसोसीएसनका महासचिव तथा पर्वतीय खेलकुद महासंघ –नेपालका कोशाध्यक्ष । नेपाली खेलकुद राजनिती तथा नेपालमा पर्यटीय खेलकुदको विकासक्रम र सम्भवनाका विषयमा जानकार पौडेलसंग समसामयीक विषयमा गरिएको कुराकानीको सार संक्षेप

अहिले राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी नेतृत्व अर्थात सदस्य सचिवको पदाबधी सकिदैछ । नयाँ आउने नेतृत्व कस्तो रहनु पर्छ होला ? या यही नेतृत्व नै सही हो ?
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको पदाबधी सकिदै छ । अब आउने सदस्य सचिव तत्कालीन एमाले र एमाओबादी एकीकृत भए पछि बनेको नेकपाको भातृ संगठन अहिल नेपाल खेलकुद महासंघको नेतृत्वले तय गर्ने छ । यस संगठनले सिफारिस ब्यक्तिले नै राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व गर्ने छ । खेलकुद लगाव, राजनितीमा सक्रियता, औपचारिक तथा अनौपचारिक अध्ययन,राष्ट्रिय र अन्तराष्ट्रिय सम्बन्ध र दृष्टिकोण भएका धेरै जना हुनु हुन्छ । संगठनले ती मध्य जसलाई योग्य ठान्छ, त्यसलाई सबैले स्वीकार्नै पर्छ । माथि उल्लेख गरिएका मापदण्ड बनाउदाँ धेरै साथीहरु जस्तै म आफू पनि योग्य छु । तर, हाम्रो संगठनले स्वीकार गरिएका भन्दा बाहीरबाट नियुक्ती भएमा हामी यसलाई स्वीकार्दैनौ । अहिलेको नेतृत्व नै दोह¥याउने भन्ने कुरा छ, रेस बाकीँ रहदा जसले पनि दावी गर्ने छ । संगठनले नै सही नेतृत्व चयन गर्ने छ । यसरी चयन गरेको नेतृत्व नै सफल हुनु हुने छ भन्ने मलाइ लाग्छ ।
विगतको परम्परा त फरक छ, जस्तोकी एमाले र माओबादी एकीकृत हुनुपूर्व एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले टेन्डी शेर्पाको एकल नाम सिफारिस गरेको थियो । पुरानै परम्परा रहन सक्दैन र मन्त्रीले ब्यक्तिगत निर्णय गर्ने परम्परा ?
विगतमा पनि खेलकुद महासंघबाटै नेतृत्व भएको छ । तत्कालीन एमालेको भातृ संगठन खेलकुद महासंघलबाट लामा टेन्डी शेर्पा उपाध्यक्ष हुनु भएको थियो । पछि, केशब विष्ट सदस्यसचिव हुनु भएको थियो । तत्कालीन मन्त्री पुरुषोत्तम पौडेलले संगठनको हाइ¥याङकीङ अनुसार निर्णय गर्नु भयो । तर, यसको परिणाम राम्रो भएन । उहाँले गरेको यो निर्णयले खेलकुद हाम्रो पार्टीको जस्तो पनि भएन । अहिले पनि दौड खुला भएको समयमा उहाँले दावी गर्नु भयो होला । तर, हिजोको जसरी त अहिले चल्दैन । पार्टीको भातृ संगठन पनि ब्यक्तिगत संगठन जसरी चलेको थियो । खेलकुदमा लागेको र पार्टीको इमान्दार साथीहरु धेरै रहनु भयो जस्तो लाग्छ, जसले कुनै जिम्मेवारी पाउनु भएन । अब त्यसरी चल्नु हुदैन । सांगठनीक निर्णय पनि अब एक ब्यक्तिको इच्छामा हुने छैन ।
अखिल नेपाल खेलकुद महासंघले सस्थागत रुपले खेलकुद परिषद्मा पठाउने सर्वसम्मत निर्णय गर्छ । नाकी हिजोको जस्तो एकलौटी ढंगले ।
खेलकुदमा पनि यसै विषयमा जानकार, कुनै व्ल्याकवेल्ट भएको । राष्ट्रिय खेलाडी भएको, अन्तराष्ट्रिय प्राबिधिक तथा प्रशिक्षक भएको हुनु पर्छ भन्ने आवाज पनि उठेको छनी ?
खेलकुद विषयमा जानकार राख्नु भएको ब्यक्ति नै आउनु भएको जस्तो लाग्छ । हिजो आउनु भएको केशब विष्ट होस या जिवनश्रेष्ठ या युवराज लामा उहाहँरु पनि खेलकुदमा नै संलग्न व्यक्ति हुनु हुन्थ्यो । भावनात्मक रुपमा खेलकुदकर्मी हुनु पर्छ भन्नु स्वभाबिक हो । तर, मैले कसैलाई होच्याउन या अमपान गर्न खोजेको त होइन, यसमा हामीले नेतृत्व गर्नका लागि लिडरसीप नै चाहीन्छ । यसका लागि खेलकुद संघमा होस् या खेलकुद संगठनमा नेतृत्व गरेको चाहीन्छ । हामीले ऐनमा पनि विश्वविद्यालयबाट, खेलविज्ञ र विभिन्न क्षेत्रका व्यक्तिलाई जोड्ने वाटो तय गरेका छौ । नेतृत्व जसले गरे पनि खेलकुदमा एउटा राम्रो टिम बन्न सक्छ र टिम स्प्रीटले काम गर्ने हो ।
नेपालनै यस्तो देश हो, जहाँ गरीबी छ, तर पनि खेलकुदमा पैसा खर्च मात्र गरिन्छ, आम्दानीको श्रोत हेरिदैन भन्ने छ । यसको समाधान पनि हुन सक्दैन र ?
हो,आम्दानीको श्रोतको हिसाबले हामी गरिव नै छौ । हामी आफूलाई विकासोन्मुख देशको रुपमा हेर्छौ । हाम्रो सम्विधानले खेललार्य मौलीक हकसंग जोडेको छ । ती खेलका हकका भने घाटा नाफा हिसाव नगरीकनै हेर्नु पर्ने हुन्छ । अहिले राष्ट्रिय खेलकुद परिषद्ले कुन खेलमा लगानी गर्ने र कुनमा नगर्ने भन्ने वर्गाीकरण गरेको छैन । सदस्यसचिवले एकांकी रुपले बजेट वितरण गर्नु भएको छ । अर्थात, खेल संघ प्रति सदस्य सचिवले असमान व्यवहार गरिरहनु भएको छ । यहाँनेर जोड्न चाहन्छु । हामी १० बर्ष देखि साहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा निरन्तर काम गरिरहेका छौ ।
। हामी १२ राष्ट्रिय खेल संघ मिलेर पर्वतीय खेलकुद महासंघ गठन गरेका थियौ । पूर्व सदस्य सचिव युवराज लामाले वार्षिक ६० लाख रुपैया सम्म बजेट छुट्याउनु भएको थियो । त्यो अहिले खियाउदै खियाउदै २० लाख रुपैयामा झारिएको छ । अहिले हामीलाई लाजै जोगाउने गरी बेवास्ता गरिएको छ । नेपालको विकास हुन सक्ने, भुगोल सुहाउदो खेललाई बेवास्ता गर्नु भयो । जवकी, हाम्रै घटक संघ प्याराग्लाइडिङले एसियाडमा रजत पदक जितेको थियो । तर, राज्यको लगानी कत्ति थियो ? त्यो घाम जस्तै छर्लङग छ ।
अब खेलकुदलाई प्राज्ञिक स्वरुप दिनै पर्छ । औद्यौगीक सोच रहनै पर्छ र व्यवसायीकरण पनि हुनै पर्छ । यी सबै भयो भने त्यो उपलब्धी मुलक हुन्छ । खेलकुद अनुत्पादक क्षेत्र पनि रहदैन । हामीले राम्रो वातावरण पायौ भने नेपालमा माउन्टेन ओलम्पिक सम्म गर्न सक्छौ । यसैले साहषिक खेलले नै नेपाललाई आर्थीक समृद्धी दिलाउने , अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा दिलाउने र नयाँ उचाइ दिलाउने काम गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्