
काठमाण्डौं । युट्युबर प्रनेश गौतम फेरि पक्राउ परेका छन् । विहिवार मात्रै जमानीमा रिहा भएका गौतमलाई महानगरीय प्रहरी अपराध महाशाखाले पुनः पक्राउ गरेको हो ।
युट्युबमा चलचित्र समीक्षा गरेका कारण जिल्ला अदालत काठमाडौंमा गौतमका विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फिल्म वीरविक्रम–२ का निर्देशकले उजुरी दिएपछि २४ जेठमा उनी पक्राउ परेका थिए ।
फिल्म वीरविक्रम–२ को समीक्षामा गालीगलौज र अव्यवसायिक टिप्पणी गरेको भन्दै निर्देशक मिलन चाम्सले उनी विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।