Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

आइतबार काठमाडौंका सबै निजी विद्यालय बन्द हुने



काठमाडौं ।
आइतबार काठमाडौंका सबै निजी विद्यालय बन्द हुने भएका छन् । निजी विद्यालयको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव बालुकुमार गुरुङको असामयीक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका हुन् ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीद्वारा जारी विज्ञप्तिमा एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष समेत रहेका कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाईएको छ ।

लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा बिहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । ब्रन ह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको हो

प्रतिक्रिया दिनुहोस्