
जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनी सहित ६ जनाको मृत्यु भएको छ । पाल्पामा च्याउ खाएर विरामी भएका विरामी भएका ११ मध्य तीन जनाको काठमाडौंमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा निस्दी गाउँपालीका झिरुवास सार्की डाडाँ निवासी ४८ वर्षिय,पूर्ण सिंह खाम्चा मगर,१२ वर्षिया निशा सिंह ठकुरी र ६ वर्षिय सुमन सिंह ठकुरी रहेका छन् । दुइ दिन अघि सोही अस्पतालमा १४ वर्षिया निरुता सिंह ठकुरीको निधन भएको थियो । चितवन मेडीकल अस्पतालमा ८ वर्षिया निर्मला सिंह ठकुरी र ४ वर्षिया विष्णु कुमारी सिंह ठकुरीको निधन भएको थियो । निशा,निरुता,निर्मला र विष्णु एकै परिवारका हुन् ।