Logo
Logo

कीर्तेगरी जग्गा हडप्नेको विरुद्ध मुद्धा



अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सरकारी जग्गा व्यक्तिको नाममा गराउने २८ जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । बाकेँ र बर्दीयाको जग्गा कीर्ते गरी आफ्नो नाममा गराउने विरुद्ध मुद्धा दायर गरिएको हो । आयोगले मालपोत कार्यलय बाकेँका तत्कालीन प्रमुख मालपोत अधीकृत दीर्घ बहादुर पौडेल,मालपोत अधीकृत पुष्पा श्रेष्ठ,हेमराज शर्मा र असोक कुमार भट्टराइ विरुद्ध मुद्धा दायर गरेको हो ।

यसैगरी, नायब सुब्बा रुद्र बहादुर देवकोटा,टंक प्रसाद शर्मा,राम बहादुर खडका् र मान बहादुर केसी,कम्प्युटर अपरेटर यज्ञेश्वर वली,सहायक कम्प्युटर अपरेटर प्रेम बहादुर चन्द ठकुरी,खरिदार सुशील रिजाल, सञ्जय कुमार ठाकुर,कुलानन्द राउत र कार्यलय सहयोगी आत्राम चौधरीले अबैधरुपमा लाभ लिएको भन्दै मुद्धा चलाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?