Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

चिठ्ठा परेको भन्दै ठगी गर्ने पक्राउ



सांकेतीक तस्बिर

चिठ्ठामा २५ लाख रुपैया परेको भन्दै ठगी गर्दै हिड्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालीका वडा नम्बर ११ बस्ने ३३ बर्षिय निरज मास्के र धनपालथान गाउँपालीका वडा नम्बर ६ बस्ने श्रवण मलहालाई पक्राउ गरिएको हो । इलाम नगरपालीका ८ बस्ने पासाङ शेर्पालाई इमो मार्फत २५ लाख रुपैया चिठ्ठा परेको छ भन्दै चिठ्ठी पठाएर एक लाख २० हजार बिराटनगरको बैक खातामा पठाउन लगाएका थिए । मलाह यस अघि पनि पक्राउ परेर धरौटीमा छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्