Logo
Logo

खड्काको नेतृत्वले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ को रुपरंग नै बदलिँदै



काठमाण्डौं । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकामा विकासले निकै तिव्रता पाएको छ । यस नगरपालिकाको सवै वडामा सडक कालोपत्रे तथा विस्तार, फुटपाथ निमार्ण, सडक वत्ति, ढल पानीको व्यवस्थापन, स्वास्थ्य चौकी, स्कुल भवन निर्माणका साथै घर नम्वर सुचिकृत जस्ता विकासे कार्यक्रमले तिव्रता पाएको हो ।

९ वटा वडा मध्ये कागेश्वरी मनोहराको वडा नम्वर ९ मा भने विकासका कार्यक्रमले रौनक नै थपेको छ । वडा नम्वर ९ मा सडक कालोपत्रे तथा सडक विस्तार, सडक वत्ति तथा सिसि क्यामरा जडान, ढल तथा खानेपानीको व्यवस्थापनका साथै घर नम्वर सुचिकृत जस्ता विकासका कामले तिव्रता पाईरहेको छ ।

नगरपालिकाको वडा नम्वर ९ को विकासका बारेमा बुझन त्यहाँ पुग्दा वडा अध्यक्ष कुन्दन खड्का सडकमै भेटिए । उनी दिनरात जनताको काममा व्यस्त हुन्छन् । नगरपालिकाभित्र वर्षौदेखि नभएका विकासका काम खड्का विजयी भएर आएपछि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्वर ९ को रुपरंग नै परिवर्तन भएको छ । वडा अध्यक्ष खड्का भन्छन्, यो पाँच वर्षमा सकेसम्म जनताले चाहेको विकासको चाहाना पुरा गर्ने लक्ष्य बोकेको छु । उनी भन्छन्, म त्यो पुरा गरेरै छोड्छु ।

अध्यक्ष खड्काले वडा नम्वर ९ मा ठुला विकास मात्र होइन साना साना टोलटोलका सडक समेत कालोपत्रे गरेर जनताको मन जितिरहेका छन् । स्थानीय भएकाले पनि खड्कालाई जनताको काम गर्न निकै सहज छ । वडा नम्वर ९ का स्थानीय गणेश खत्री भन्छन्, खड्का वडा अध्यक्ष भएर आएपछि साच्चै जनताको काम भइरहेको छ ।

खत्रीले भने अव्यवस्थित नगरपालिकाले अर्कै रुप लिदै छ । यसरी काम भयो भने यो वडा उत्कृष्ठ वडा बन्ने निश्चित छ, स्थानीय खत्री भन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?