Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

ट्रम्पले नेपाललाई भारतकै अंग ठान्ने गरेकाे गुप्तचरकाे खुलासा



काठमाडौ‌ँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको खुलासा भएको छ ।

स्क्रोल डट इनले टाइम म्यागजिन उदृत गर्दै राष्ट्रपति ट्रम्पका सल्लाहकारले दक्षिण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन भन्दै प्रश्न गरेको जनाएको अमेरिकी गुप्तचर अधिकारीले बताएका छन् ।

नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग हो भनि प्रश्न गरेका थिए।

सन् २०१७ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको बैठक अघि अधिकारीसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनि गलत उच्चारण गरेको पोलिटिको म्यागेजिनले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्