

कञ्चनपुरको भिमदत्त नगरपालीकामा जेवीसीले अटो रिक्सालाई ठक्कर दिदाँ तीन जनाको मृत्यु भएको छ । महेन्द्रनगर गड्डाचौकी सडक खण्डमा शुक्रबार बिहान दुर्घटनामा हुदा अटोरिक्सामा यात्रा गरिरहेका तीन जनाको ज्यान गएको हो । दुइ पुरुष र एक महिलाको मृत्यु भएको हो भने घाइते भएका तीन जनाको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।