नेकपाका केन्द्रिय सदस्य एवं पूर्वशिक्षा मन्त्री पौडेलको निधन
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ । ह्रयदघातबाट गतराती चितवन माडीमा उनको निधन भएको हो ।
डिआर पौडेलका नामले समेत चिनिने उनको जनएकता साप्ताहिका पूर्वसम्पादक समेत हुन् । शालिन स्वभावका नेता पौडेल पार्टीका कामका सिलसिलामा चितवन पुगेका थिए ।
उनी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए ।