Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

ह्रदयघातले कुवेतमा चितवनका जीवनको मृत्‍यु




हरि कृष्ण न्यौपाने,
कुवेत । रत्ननगर ८, चितवन नर्कटिया घर भई कुवेतको एसके कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो चौधरीको ह्रदयघातको कारण कुवेतमा मृत्‍यु भएको छ।

एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसँग काम गर्ने साइटमा बिहान ६ तिस बजे कम्पनीको गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथीहरुसँग कुरा गर्दागर्दै वेहोस भएका थिए। साथीहरुसँग कुरा गर्दागर्दै अकस्मात ढले पछी तत्काल आदान अस्पातल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेको थियो।

रक्तचाप र सुगरका विरामीले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन गर्दैन थिए । उनी वार्षिक छुट्टी सकेर दुई महिनाअघि गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका थिए। मृतक चौधरीको १ छोरा, १ छोरी र श्रीमती घरमा रहेका छन।

नेपाली राजदुतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल शुरु गरी सकिएको छ। कम्पनीले मृतकको आवश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुतावासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आवश्यक प्रकृया शुरु गरिने सचिव मगरले वताएका छन।

प्रतिक्रिया दिनुहोस्