Logo
Logo

कैलाली कञ्चनपुर हावाहुरी पिडितलाई नेपाली सेनाको रातह



कञ्चनपुर । नेपाली सेनाले एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरी पिडितलाई राहत दिएको छ । हावाहुरीका कारण सयौँ घर क्षतिग्रस्त भएका थिए भने कतिपय बस्तीमा बिजुलीका पोल समेत भाचिँएका थिए । पोल भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले नेपाली सेनाले घर बनाउनुको साथै सामान दिएर सहयोग गरिरहेको  बताए ।

“हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो ।” हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भने, “परिवारका अन्य सबै सदस्यले खाटमुनि लुकेर ज्यान जोगायौं ।”

कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पु¥याएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका पीडित अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना