
संघीय सरकारको निर्णय अनुसार नै प्रदेश ने कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताए । प्रदेश सभा बैठकको शुन्य समयमा राखिएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री कार्कीले विशिष्ट व्यक्तिको निधन पश्चात सुरक्षाकर्मी हटाउने निर्णय वमोजीम हटाइएको बताए । स्व. गीरीजा प्रसाद कोइरालाको महत्वलाई ध्यानमा राख्दै अर्को निती बनाएर यसलाई व्यबस्थित गर्ने पनि उनले बताए ।