Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु



पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । चिकित्सकको लापरबाहीका कारण अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन् ।
पित्तथैलीमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको हो ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी थापाको बिहीबार मृत्यु भएको हो । परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका हुन् ।
शल्यक्रिया डा. रविन कोइरालाले गरेका हुन् । अस्पताल श्रोतले दिएको जानकारी अनुसार यस अघि पनि बारम्बार शल्यक्रिया भएका कारण यस पटक अप्ठेरो  भएको र यसको बारेमा आफन्तलाई जानकारी गराएर सहमती सहित नै शल्यक्रिया भएको थियो । अपरेसन पछि संक्रमण फैलीएर मृगौलासम्म पुगेर त्यसै संक्रमणको कारण निधन भएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्