Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

देउवाको आग्रहमा केसीले अनसन छाडे



काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले असन तोड्नु भनेको चौविस घण्टापछि डाक्टर गोविन्द केसीले अनसन स्थगित गरेको घोषणा गरेका छन् । काँग्रेस सभापति देउवाअनसनस्थल पुगेर केसीलाई अनसन छोड्न भनेका थिए ।
सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि पनि आफ्नो अनसन कायम राखेका थिए । डा केसीका शुभेच्छेक र नागरिक समाजका अगुवाहरुले विधेयक पास भइसकेकाले तत्काल अनसन स्थगित गरी दबाबका अन्य उपाय अपनाउन सुझाएपछि उनले अनसन टुग्यांउने निर्णय लिएका हुन् ।

अनसन स्थगित गर्न उनलाई शुक्रवार पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले डा केसीलाई भेटेर आमरण अनसनलाई पुनर्विचार गर्न आग्रह गरेका थिए।

चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार उनीहरुले अनुरोध गरेका थिए। उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

डा। केसीको अनसनका कारण हजारौं विरामीले सेवा नपाएको, विरामीका आफन्तहरुले तनाव झेल्नु परेको भन्दै आक्रोशित विरामी, आफन्त र सर्वसाधरणले टिचिङ अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरुले डा। केसीका माग र अनसनविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्