Logo
Logo

३१हजार भन्दा बढी पार्टी प्रबेश गरेको कांग्रेसको दावी



नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको बताएका छन् । यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता र कार्यकर्ता रहेको उनले बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।
जागरण अभियानबारे असार असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुने उनले बताए । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ गठन र तरुण दल कार्यसमिति विस्तार छिट्टै गर्ने पनि उनले बताए । हाल ११औं महाधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि केही महिनायता नेविसंघ केन्द्रीय समितिविहीन छ भने तरुण दल कार्यकाल सकिनै लाग्दासम्म ४ जना पदाधिकारीमै सीमित छ ।
कांग्रेसले पहिलो चरणको जागरण कार्यक्रममा भातृ संस्था परिचालन गर्ने भनिए पनि समिति नहुँदा समस्या परेपछि दोस्रो चरणको अभियानअघि नै भातृ संस्था चुस्तदुरुस्त बनाउने सम्भावना रहेको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ गठन र तरुण दललाई यथाशक्य पूर्णता दिने बताएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?