भेनेजुएलामा जारी राजनीतिक संकटबारे धारणा सार्वजनिक
काठमाडौं– नेपाल सरकारले गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलवार विज्ञप्तिमा जारी गर्दै भेनेजुएलाको संकट आन्तरिक भएको र त्यसलाई सुल्झाउन त्यहाँका जनता सक्षम रहेको स्पष्ट पारेको छ।
कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य देशले हस्तक्षेप गर्न नहुने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार भेनेजुएलाको राजनीतिक संकट आन्तरिक मामिला भएको भन्दै विज्ञप्तिमा नेपाल आन्तरिक रुपमै यसलाई संवैधानिक व्यवस्था र लोकतान्त्रिक पद्धतिअनुसार सल्टाउनुपर्नेमा पक्षमा रहेको उल्लेख छ।
परराष्ट्र मन्त्रालयले भेनेजुएलामा विकसित राजनीतिक घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि स्पष्ट पारेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड भ्रमणमा रहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेपछि सरकार कुटनीतिक क्षेत्रको प्रश्नले घेरिएको थियो। दाहालको धारणा पार्टी हो कि व्यक्तिगत भन्ने प्रश्न उठिरहेका बेला सरकारले आफ्नो धारणा सार्वजनिक गरेको हो। सोमवार मात्रै नागरिकन्यूजसँग कुरा गर्दै नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दाहालको विज्ञप्ति पार्टीको नभई व्यक्तिगत भएको प्रष्टिकरण दिएका थिए।