Logo
Logo

भदौ देखि वायु सेवा निगमको जहाज जापान उडान



नेपाल वायुसेवा निगमले आगामी १२ भदौ देखि जापानमा उडान गर्ने भएको छ । यसअघि १९ असार देखि उडान गर्ने भनिएकोमा तालिका अनुसार टिकट बिक्री नभएपछि निगमले समय सारेको हो । निगमले भदौमा गर्ने उडानका लागि बुधबारदेखि नै टिकट बिक्री सुरु गरेको छ । निगमका अनुसार मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तराष्ट्रिय विमानस्थलमा सीधा उडान हुनेछ ।
जापानसँग पछिल्लोपटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । १५ वर्षपछि जापान उडान गर्न लागेको हो । पछिल्लोपटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो । गत चैतको दोस्रो साता नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भए पनि जापान उडानको प्रक्रिया सहज भएको थियो ।
यो उडान भर्न सुरु भए पछि ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । । निर्धारण गरिएको भाडा अनुसार एकतर्फी ४५ हजार र दुईतर्फी ७७ हजार रुपैया रहेको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ ।
निगमले काठमाडौं–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौं–जापान उडानको समयावधि ६ घण्टाकोे छ भने ओसाका–काठमाडौं साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको