Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

मोटरसाइकल दुर्घटनामा मृत्यु



सांकेतीक तस्बिर

बझाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका– ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडा सदस्य नरेश महरको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका छन् ।
घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भैरहेको छ । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्