Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

धनुषाधाम नगरपालीकामा बम विस्फोट




धनुषाको धनुषाधाम नगरपालिका कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको छ । नगरपालिकको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुगेकोे छ । गएराति साढे ९ बजेको समयमा बिस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रहरीले राति गस्तीमा भएको बेला बिस्फोट वारे थाहा पाएको जनाएको छ । रातिको समयमा त्यसबारे थप विवरण नपाएपछि बिहानै प्रहरी पुनः सो स्थानमा पुग्दा नगरपालिकको प्रयोग विहीन हलमा भ्वाङ परेको र प्रेसर कुकर बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् ।
बम कसले र किन पडकायो त्यो यकिन हुन नसकेको पनि निरीक्षक यादवले बताए । विप्लव नेकपाले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएपनि जिम्मा अहिलेसम्म कसैले न लिएको छैन ।
बम विस्फोटमा कुनै किसिमको मानवीय क्षति नभएको र अहिले अवस्था समान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् । घटनास्थलमा अहिले थप अनुसन्धान कार्य अगाडि बढाएको यादवले सञ्चाकर्मीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्