Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

समुन्द्री आँधीको जोखीममा गुजरात



भारतको गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेका कारण यसको असर गुजरात सम्म आइपुग्ने छ ।सो आँधी गुजरातको तटसँग ठोक्किने छ ।
‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको छ । सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, स्थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ । पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्