Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

दुर्घटनामा दुइको मृत्यु चार घाइते



सांकेतीक तस्बिर

सर्लाहीको हरिपुरमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । हरिपुरबाट बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुबै मोटरसाईकलका चालकको मृत्यु भएको हो ।
ना २५ प ६९२२ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ज ५ प ७८८६ नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति १० बजे पछि भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहिशार बिहान ३ बजे मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुबै मोटरसाईकलमा तीन तीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ । चार जना घाइतेको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्